509
Shares

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एघारौंपटक सरकार विस्तार गरेका छन्।
मंगलबार प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टी (जसपा)बाट एक मन्त्री र एक राज्यमन्त्री थप गरेका हुन्।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वन तथा वातावरण मन्त्रीमा वीरेन्द्रप्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको राज्य मन्त्रीमा प्रमिला कुमारीलाई नियुक्त गरेका छन्।
यो सँगै २५ सदस्यीय मन्त्रिमण्डलले पूर्णता पाएको छ।