प्रदेश र स्थानीय तहले कति पाए वित्तीय समानीकरण अनुदान?

353 Shares

काठमाडौं : सरकारले प्रदेश र स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान दिएको छ। 

सोमबार आ.व. ०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रदेशलाई ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई ८७ अर्ब ३५ करोड वित्तीय समानीकरण अनुदान दिने निर्णय भएको बताए। 

सशर्त अनुदानतर्फ प्रदेशलाई ३५ अर्ब ७२ करोड रूपैयाँ र स्थानीय तहलाई १ खर्ब ९१ अर्ब ८९ करोड हस्तान्तरण गरिने भएको छ ।

समपूरक अनुदानतर्फ प्रदेशलाई ६ अर्ब २२ करोड स्थानीय तहलाई ७ अर्ब ५ करोड रूपैयाँ विनियोजन गरिएको छ । विशेष अनुदानतर्फ प्रदेशलाई ४ अर्ब ४६ करोड र स्थानीय तहलाई ८ अर्ब ७३ करोड रूपैयाँ विनियोजन भएको छ ।

सम्बन्धित समाचार