443
Shares

पाकिस्तानस्थित् खैबर पख्तुनख्वाको बन्नु जिल्लामा आतंकवादीहरूसँगको गोली हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु भएको छ । एआरवाई न्युजले अन्तर-सेवा जनसम्पर्क (आईएसपीआर) लाई उद्धृत गर्दै जनाएअनुसार गोलीबारीमा दुई आतंककारी मारिएका छन् ।
यसैबीच आईएसपीआरले अघिल्लो दिन मात्र खैबर पख्तुनख्वाको उत्तरी वजिरिस्तान जिल्लामा सुरक्षा बलले दुई जना आतंककारीलाई मारेको बताएको थियो।
उत्तरी वजिरिस्तान जिल्लाको दोसाली क्षेत्रमा आतंकवादी र सुरक्षा बलहरू बीच गोली हानाहान भएको थियो।
पाकिस्तानी सुरक्षा बलहरूले तीन दिन अघि उत्तरी वजिरिस्तान जिल्लामा गुप्तचर-आधारित अपरेशन (आईबीओ) मा दुई आतंककारीलाई गोली हानी मारेका थिए।