अर्थमन्त्रीज्यू ! पूजापाठ गरेर अर्थतन्त्र सुधार हुँदैन : ओली

462 Shares

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा. प्रकाश शरण महतलाई पूजा पाठबाट अर्थतन्त्र सुधार नहुने सुझाव दिएका छन्। 

 

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले अर्थतन्त्रको सुधार पूजापाठ गरेर नहुने बताएका हुन्। उनले भगवानको शरणमा परेर र पूजापाठ गरेर अर्थतन्त्रमा सुधार नहुने बताउँदै भिजनसहितको प्रयासबाट मात्रै अर्थतन्त्रमा सुधार आउने बताए। 

‘अजिंगर जस्तो छ। अगाडि केही आयो भने तानेर खाउँला। भन्सारमा राखिदिएको टोकरीमा आइलाग्यो भने स्वाप्प पार्ने। मैथिलीतिर भन्छ– अस्गर केरन चाकरी, पन्छी करेन काम, सबके दाताराम। त्यस्तै अजिंगरले काम गर्दैन, पन्छीको खेतीसेती छैन। पालिएको छ भने हामी किन पालिँदैनौँ? भगवान छन् नि! भन्ने छ। यहाँ भएन भने भारत गएर १०८ किलो माला चढाएर भए पनि भगवान छन् नि हाम्रा। किन कोशिश गर्नुपरेको छ भन्ने भएको छ। ओलीले भने, ‘तर, संसारमा पूजा पाठबाट अर्थतन्त्र सुद्धृढ कहीँ पनि भएको छैन अर्थमन्त्रीज्यू! चाहनाबाट मात्रै हुँदैन, भिजन र क्यालकुलेसन सहितको प्रयासबाट मात्रै पूरा हुन्छ,’ उनले भने।  

सम्बन्धित समाचार