नागरिकता लिन जिल्ला प्रशासन मोरङमा बिहान ५ बजेदेखि लाइन (तस्बिरहरू)

537 Shares

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जन्मका आधारमा नेपाली नागरिकता वितरण सुरु गरेपछि कार्यालयमा बिहान ५ बजेदेखि नै सेवाग्राहीको भिड लाग्न थालेको छ । जन्मका आधारमा नागरिकता प्राप्त गरेका बाबुआमाका सन्तानलाई प्रशासनले सोमबारदेखि बंशजको नागरिकता दिन थालेको हो । 

आफ्नो पालो नआउला वा पहिलेको जस्तै फेरि नागरिकता नपाइएला भन्ने त्रासबीच सेवाग्राही बिहान ५ बजेदेखि नै प्रशासन कार्यालय अगाडि लाइन लागेर पालो पर्खन थालेका छन् । बुधबार बिहान ४ बजे नै जिल्ला प्रशासन कार्यालय परिसर आएका भाथिगछका रितेश मुखियाले भने, “टोकन लिन पाइएला/नपाइएला भनेर बिहानै आएर लाइनमा बसेको छु ।”

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता शरदकुमार पोखरेलले नागरिकता लिने विषयमा कार्यालयले नागरिकता वितरण गर्न सुरु गरेपछि एकै पटक धेरै सेवाग्राही आउँदा भिड लागेको बताए । उनले भने,“नयाँ नागरिकता दिन अलग्गै कोठाको व्यवस्थापन गरिएको छ । सकेसम्म हामीले दुःख नहुने गरी वितरण गर्ने प्रक्रिया मिलाएका छौं ।” नागरिकता लिन चाहिने आवश्यक कागजात र सिफारिसबारे प्रशासनले यसबारे नै सेवाग्राहीलाई जानकारी दिलाउन स्थानीय पालिकाका वडाहरूलाई परिपत्र गरेको थियो । 

मोरङमा जन्मका आधारमा नागरिकता लिनेको संख्या ३५ हजार हाराहारी रहेको र करिब ७० हजारसम्म बंशज नागरिकताको लागि आवेदन आउने अनुमान गरिएको पोखरेलको भनाइ छ ।एकै पटक ठूलो संख्यामा आवेदन आउँदा कार्यालयमा हाल उपलब्ध अधिकृतबाट नागरिकता वितरण गर्न समस्या पर्ने देखिएको छ । प्रशासनमा जम्मा ४० कर्मचारीको दरबन्दी छ ।

Nagarikata line 21687916302.jpeg

Nagarikata line 31687916301.jpeg

Nagarikata line 11687916301.jpeg

Nagarikata line 41687916299.jpeg

Nagarikata line 61687916299.jpeg

सम्बन्धित समाचार