कञ्चनपुरमा ‘डिआइजीको मान्छे हो’ भन्दै प्रहरीले नै कुटे होटल सञ्चालक

558 Shares

कञ्चनपुर: कञ्चनपुरमा एक जना होटेल सञ्चालकमाथि कुटपिट भएको छ। बेलौरीको बजारमा रहेको फेमिली रेस्टुरेन्टका सञ्चालक सुरेश कुमार वडायकमाथि धारिलो बस्तुले प्रहार भएको बताइएको छ।

वडायकको निधारमा गहिरो चोट लागेको छ। तर, कसले किन कुटपिट गरेको भन्ने त पुष्टि भएको छैन। उनले भने अस्पतालको शय्याबाटै सामाजिक सञ्जाल फेसबुकमा भिडियो हाल्दै आरआइटी र सिआइबीको टिमले कुटपिट गरेको बताएका छन्। भिडियोमा उनले बबिन भट्ट भन्ने व्यक्तिले पिटेको आरोप लगाएका छन्। 

उनले रातिको समयमा अचानक केही अराजक तत्त्व ‘डिआइजीको मान्छे’ भन्नेले आफूमाथि हमला गरेको आरोप लगाएका छन्। प्रहरीले घटनाबारे जानकारी आएको र अनुसन्धान सुरु भइसकेको बताएको छ।

सम्बन्धित समाचार