सिँचाइ विभाग घेर्न पुगेका निर्माण व्यवसायीहरू प्रहरी नियन्त्रणमा

308 Shares

काठमाडौं । प्रहरीले विभिन्न माग राख्दै ललितपुरस्थित सिँचाइ विभाग घेर्न पुगेका निर्माण व्यवसायीहरूलाई नियन्त्रणमा लिएको छ ।

ललितपुर प्रहरी परिसरले ४५ जना निर्माण व्यवसायीहरूलाई नियन्त्रणमा लिएको हो ।

"हामीले सरकारी कार्यालयमा जबरजस्ती ताला लगाउन खोज्ने निर्माण व्यवसायीहरूलाई नियन्त्रणमा लिएका हौं । उनीहरूलाई अहिले प्रहरी परिसर जावलाखेलमा राखेका छौँ," ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी सिद्धिविक्रम शाहले भने ।

निर्माण व्यवसायीहरू केही दिनदेखि आन्दोलनमा छन् ।

सम्बन्धित समाचार