486
Shares

३२ साउन, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका २ विशालबजार स्थित जनकपुर- ढल्केवर सडकखण्डमा एक युवक मृत फेला परेका छन् ।
आज बिहान टाउकोमा चोट लागेको अवस्थामा अन्दाजी २२/२३ वर्षीय अपरिचित युवकको शव फेला परेको हो ।
शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको छ । घटना के कसरी भयो भन्ने विषयमा राजमार्गमा लागेको सिसीटसभी फुटेज हेरेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिए ।