ट्याटु हानेको पैसा नदिएको भन्दै ग्राहकमाथि आक्रमण

569 Shares

चितवन । रत्ननगरको सौराहामा ट्याटु हानेको पैसा नदिएको भन्दै एक व्यक्तिले सेवाग्राहीलाई दाउ हानेर घाइते बनाएका छन् ।

भरतपुर महानगरपालिका–९ गोन्द्राङका २७ वर्षीय पुस्कर बोहोराले बिहीबार साँझ करिब सवा ४ बजे कालिका नगरपालिका-४ बस्ने २९ वर्षीय विष्णुबहादुर थापालाई दाउले हानेर गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सौराहाको सीआरसी होटलमा गएर बोहराले थापालाई ट्याटु हानिदिएका थिए । ट्याटु हानेको पैसा नदिएको भन्दै बोहोराले दाउ प्रहार गरेका हुन् । बोहराले कति पैसा मागेका थिए भन्ने खुलेको छैन ।

 

 

सम्बन्धित समाचार