झापामा झाडीमा फालिएको अवस्थामा नवजात शिशु फेला

280 Shares

काठमाडौं :  झापामा एक बेवारिसे शिशु फेला परेको छ। 

मंगलबार साँझ भद्रपुर नगरपालिका–१४ मा  झाडीमा फालिएको अवस्थामामा एक नवजात शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। झाडीमा फालिएको बच्चाको स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरिएको थियो। 

शिशुलाई अहिले प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ। उनको अवस्था सामान्य रहेको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार