देशभरका प्रशासनबाट गैरआवासीय नेपालीहरुलाई नागरिकता वितरण सुरु, यस्तो छ लिने प्रकिया

526 Shares

 

काठमाडौं : देशभरका जिल्ला प्रशासन कार्यालयले गैरआवासीय नेपालीलाई नागरिकता वितरण सुरु गरेको छ । 

गत असोज ३० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा आयोजित एक कार्यक्रममा गैरआवासीय नागरिकता प्रदान गरेसँगै देशभरका प्रशासन कार्यालयबाट उक्त सेवा सुचारु भएको थियो ।  सरकारले गरेको निर्णय अनुसार देशभरका प्रशासन कार्यालयहरुले गैरआवासीय नेपालीहरुलाई नागरिकता लिनका लागि आव्हान गरेको छ । 

गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार नागरिकता नियमावली सरकारले यसअघि नै स्वीकृत गरेकाले गैरआवासीय नेपालीलाई नेपालीले नेपालको नागरिकता पाउने बाटो खुलेको थियो । 

नागरिकतासम्बन्धी ऐनको दफा ७ (क )  मा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोवास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ ।

 

 

गैरआवसीय_नेपाली_नागरिकताको_प्रमाणपत्रका_लागि_अवलम्वन_गर्नुपर्ने_प्रकृया_र_आवश्यक_काजगातहरु.jpg

एनआरएन नागरिकता पाएकाहरुले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउने छैनन् । तर उनीहरुले नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न पनि पाउँछन् ।

यदि नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रहित विपरीतको कार्य गरेको ठहरेमा नागरिकता रद्द गर्न सकिने व्यवस्थासमेत ऐनमा छ ।

गैरआवासीय नेपालीले नेपाली नागरिकता लिनका लागि निवेदक व्यक्ति वा उनका आमा\बुबा, हजुरबुबा\हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने हुन्छ । विगतमा नेपाली नागरिकता लिएको भए त्यो त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण आवश्यक पर्नेछ ।

साथै, नेपालको संविधान, कानुनको परिपालना गर्ने प्रतिबद्धता पनि आवश्यक हुने र शपथ गराउनुपर्ने कानुनी प्रावधानसमेत छ ।

 

यस्तो छ नागरिकता लिनका लागि भर्नुपर्ने अनुसुची फार्म :-

अनुसुची_८ग_निवेदन_page-0001.jpgअनुसुची_८ग_निवेदन_page-0002.jpg

 

 
अनुसुची_८ग_निवेदन_page-0003.jpgअनुसुची_८ग_निवेदन_page-0004.jpg
अनुसुची_८ग_निवेदन_page-0005.jpg

 

 

 

 

 

सम्बन्धित समाचार