हुन्डी कारोबारमा नाबालक प्रयोग बढ्दै, २१ लाखभन्दा बढि रकमसहित एक पक्राउ

562 Shares

 

काठमाण्डौँ । हुन्डी कारोबारमा प्रयोग भएका १६ वर्षिय नाबालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार दिउँसो करिब ३ बजे कोशी प्रदेश प्रहरी कार्यालय, प्रादेशिक अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले २१ लाख ८७ हजार रुपैयाँ नगदसहित नाबालकलाई नियन्त्रणमा लिएको हो । विराटनगर महानरपालिका वडा नम्बर ६ शनि मन्दिर चोकबाट प्रहरीको टोलीले बालकलाई हुन्डीको रकमसहित नियन्त्रणमा लिएको थियो ।

मोरङ प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार नाबालकबाट १००० दरको नेपाली नोट १६८७ थान र ५०० दरको नेपाली नोट १००० थान बरामद भएको छ । सँगसँगै बालकले प्रयोग गरेको प्रदेश १-०२-०४३ प ६२४१ नम्बरको १५० सिसीको को पल्सर मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । 

ती बालकले सिमानाका हुँदै कालो रंगको ब्याग भित्र पैसा लिएर सदरमुकाम तर्फ आउँदै थिए । प्रहरीले बालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ । 

पछिल्लो समय भारतीय सिमा नाकाका क्षेत्रहरुमा नाबालक प्रयोगको प्रयोग गरेर हुन्डी कारोबार मौलाउन थालेको छ ।

सम्बन्धित समाचार