बिरामीको मृत्यु भएपछि पाटन अस्पतालका दुई डाक्टरमाथि कुटपिट

378 Shares

 

काठमाडौं । ललितपुरको पाटन अस्पतालमा दुई डाक्टरमाथि कुटपिट भएको छ । अस्पतालको जेष्ठ नागरिक वार्डमा उपचाररत दुई बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले ड्युटीमा रहेका दुई डाक्टरमाथि कुटपिट गरेका हुन् ।

डाक्टरले सुई लगाएपछि दुई जना बिरामी ओखलढुंगा घर भएका वर्ष ८६ का जनमाया राई र मकवानपुर घर भई पाटनढोका बस्ने ६८ कृष्ण बहादुर नगरकोटी मृत्यु भएको भन्दै मृतकका आफन्तले इन्टरनल मेडिसिनका आवासीय डाक्टर र एक फेलोसिप डाक्टरलाई कुटपिट गरेका हुन् ।

शनिबार साँझ ओखलढुंगाकी ८२ वर्षीया एक वृद्धाको समेत उपचारका क्रममा सोही वार्डमा मृत्यु भएको थियो । डाक्टरमाथि कुटपिट भएपछि अस्पतालका स्वास्थ्यकर्मीहरू भने आन्दोलित भएका छन् ।

आइतबार टिकट काटिसकेको भएर केहीबेर ओपीडी चले पनि सोमबारबाट बन्द गरिने चेतावनी उनीहरूको छ । कुटपिट गर्नेमाथि सत्यतथ्य छानविन गर्न जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन समेत परेको ललितपुर प्रहरीका प्रवक्ता, एसपी नवराज कार्कीले बताए ।

सम्बन्धित समाचार