मध्यरातमा काठमाडौंका प्रहरीले नै गरे लुटपाट, असईसहित तीनजना पक्राउ

876 Shares

 

काठमाडौं । काठमाडौं उपत्यकामा कार्यरत तीनजना प्रहरी लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् ।

प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सुन बहादुर तामाङ, हवल्दार खगराज अधिकारी र जवान भुवन बराल लुटपाट आरोपमा पक्राउ परेका हुन् ।

स्रोतका अनुसार पक्राउ परेका उनीहरुले दुई जनालाई जे मुद्दामा पनि फसाइदिने भन्दै महाराजगञ्जस्थित सडकमा पैसा लुटेका थिए । घटना एक महिनाअघिको हो । 

महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान मोडमा ट्याक्सीमा आएका ३ महिला र एक जना पुरुषलाई रोकेर उनीहरूले पैसा नदिए पक्राउ गर्ने धम्की दिएको प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

पैसा लिएर छाडेपछि पीडितहरुले प्रहरी कन्ट्रोलमा फोन गरेर कम्प्लेन गरेका हुन् । 

पक्राउ परेका तीनै जना सिआरभीमा काम गर्ने प्रहरी रहेको जिल्ला प्रहरी परिसर, काठमाडौका एक प्रहरी अधिकारीले बताए । काठमाडौं परिसरले थुनामा राखी उनीहरुविरुद्ध थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार