उदयपुरमा स्कुल बस दुर्घटना : तीनको मृत्यु, ३९ जना घाइते

292 Shares

उदयपुरमा स्कुल बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

शनिबार उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका ७ मा पिकनिक खाएर घर फर्कँदै गरेको अन्नपूर्ण सेकेन्डरी बोडिङ स्कुलको वा प्र.०५.००१ ख ००४४ नम्बरको बस अधेरी झर्ना नजिक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो ।

दुर्घटनामा त्रियुगा नगरपालिका ५ का बस चालक ४० वर्षीय भिखन चौधरी, त्रियुगा नगरपालिका ६ का ७ वर्षीया सम्या चौधरी र सोही ठाउका ६ वर्षीय विकाश चौधरीको मृत्यु भएको उदयपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा ३९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए । स्कुल बस चालकले गाँउको पिकनिकका लागि भाडामा लगेको खुलेको छ ।

सम्बन्धित समाचार