सनि देओल फेला पार्नेलाई ५० हजार पुरस्कार !

234 Shares

बलिउड अभिनेता सनी देओलको दमदार अभिनयका कारण करोडौँ फ्यान छन् । तर पञ्जाबमा फेरि एकपटक देओल बेपत्ताको पोस्टर टाँसिएको छ ।

यति मात्र होइन देओललाई फेला पारेर ल्याउनेलाई ५० हजार रुपैयाँ पुरस्कार पनि राखिएको छ । देओलको अश्लील पोस्टर राखिएको यो पहिलो पटक भने होइन । वास्तवमा देओल गुरदासपुर–पठानकोट लोकसभा सिटबाट बीजेपी सांसद हुन् । देओल सांसद बनेदेखि दुवै जिल्लामा नदेखिएको जनताको भनाइ छ, न त विकासको काम नै भएको छ ।

 

पठानकोट हलका भोवाका जनताले सरना बस स्ट्यान्डमा सन्नी देओल बेपत्ता भएको पोस्टर टाँसेर लगातार आक्रोश व्यक्त गरिरहेका छन् । यसअघि जिल्लाको हलका, पठानकोट र सुजनपुरमा पनि देओल बेपत्ता भएको पोस्टर टाँसिएको थियो । 

तर त्यसपछि पनि भाजपा सांसदले जनताको पीडा बुझ्‍ने प्रयास गरेनन् । चुनावपछि उनी आफ्नो लोकसभा निर्वाचन क्षेत्रमा कहिल्यै आएनन् । जसका कारण आइतबार पठानकोट लोकसभा निर्वाचन क्षेत्रमा जनताको आक्रोश फेरि देखियो । आन्दोलनकारीले बसमा यात्रा गरी पोस्टर बाँडेर बसमा टाँसेका थिए ।

सांसद बनेपछि देओल कहिल्यै आफ्नो लोकसभा निर्वाचन क्षेत्रमा नआएको र यस क्षेत्रमा कुनै पनि विकासको काम नगरेको उनीमाथि आरोप छ । २०२४ को लोकसभा चुनावमा कुनै पनि पार्टीले त्यस्ता व्यक्तिलाई टिकट दिन नहुने जनताको भनाइ छ । उनले देओलले जनतालाई मूर्ख बनाएर जित हासिल गरेको आरोप लगाएका छन् ।

सम्बन्धित समाचार