जापानको एक रेष्टुरेन्ट : जहाँ वेटरको काम बाँदरले गर्छ

342 Shares

जापानको एउटा रेस्टुरेन्टमा बाँदरहरूलाई वेटरको रूपमा काम गर्छन्‌भन्दा तपाइलाई अचम्म लाग्न सक्छ । 

हो, जापानमा एउटा यस्तो रेष्टुरेन्ट छ, जहाँ बादँरहरूले वेटरको रूपमा काम गर्छन्, जो सामान्य मानिसले झैँ उनीहरू ग्राहकलाई व्यवहार पनि गर्छन् ।

समाचारअनुसार यसरी वेटर बाँदरहरूले तलबको रूपमा भने केरा पाउँछन् । यहाँ बाँदरहरूले चेक सर्ट र कालो स्कर्ट लगाउँछन् । जापानी रेस्टुरेन्ट कायाबुकिया टैवर्नमा बाँदरहरूले बियर र अन्य स्वादिष्ट खानाहरू सेवा गर्छन् । बदलामा ग्राहकले बाँदरलाई उमालेको भटमास दिन्छन् ।

बाँदरहरू मूलतः कायाबुकिया रेस्टुरेन्टका मालिक काउरु ओत्सुकाका घरपालुवा जनावर थिए । तिनीहरूका बाँदरहरूले कहिल्यै गलत काम गर्दैनन् भन्नेमा विश्वास गर्थे र उनमा एकदिन यस्तो सोच बन्यो कि बाँदरलाइ वेटर बनाउँछु । नभन्दै तालिम दिए र उनी सफल पनि भए । त्यसपछि त्यो रेष्टुरेन्ट क्रमशः वरपर हुँदै देशभरी चर्चा परिचर्चा हुन थाल्यो । 

रेस्टुरेन्ट मालिक ओत्सुकाले डेली मेललाई भने कि बाँदरहरू उनको परिवारको जस्तै नजिक छन् । कहिलेकाहीँ पाहुनालाई मनोरञ्जन दिन नाच्‍ने पनि गर्छन् । कायाबुकिया रेस्टुरेन्टहरूको अद्वितीय अवधारणाले संसारभरका डिनरहरूलाई आकर्षित गर्दछ । ग्राहकले बाँदरसँग फोटो खिच्छन् ।

बाँदरको राम्रो हेरचाह गरिएको छ । बाँदरले पाहुनालाई हात सफा गर्न तौलिया पनि ल्याउँछन् । रेस्टुरेन्टमा बाँदरहरूले ग्राहकहरूको राम्रो हेरचाह गर्छन् ।

सम्बन्धित समाचार