गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन भोलिदेखि सुरु

295 Shares

गण्डकी । गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदैछ ।

प्रदेश सरकारका प्रवक्ता एवं ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले विषयगत समितिबाट पारित भएका आमसञ्चार र बीउ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक अधिवेशनमा पेस हुने जानकारी दिइन् ।

सरकारले यही अधिवेशनमा प्राइभेट फार्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक पनि सदनमा पेस गर्ने निर्णय गरेको उनको भनाइ छ । ‘हिउँदे अधिवेशनमा सात वटा विधेयक अगाडि बढाउने तयारीमा सरकार छ’, प्रवक्ता अर्यालले भने ।

सम्बन्धित समाचार