लिमीको विद्यालयमा माइसन बीस डिग्री सेल्सियसमा पनि पढाइ जारी

320 Shares

सिमकोट- उत्तरी चीनसँगको सिमाना जोडिएको नाम्खा गाउँपालिका- ६ को हिमालपारिको गाउँ लिमीको एक विद्यालयमा तापक्रम माइनस बीस डिग्री सेल्सियसमा पनि पढाइ जारी राखिएकाे छ।

लिमीको एकमात्र विद्यालय सुनखानी आधारभूत विद्यालयका शिक्षक बिकल तामाङले एक्कासि हिमपात हुँदा पनि विद्यालयमा पढाइ जारी राखिएको बताए।

बालबिकासदेखि कक्षा छसम्म पठन-पाठन हुने उक्त विद्यालयमा हिउँदे बिदामा पनि पढाइ सुचारु भएको थियो।

सो विद्यालयमा बिहानको खाना र दिउँसोका खाजा विद्यार्थी र शिक्षकलाई खुवाउने व्यवस्था गरिएको छ। विद्यालयमा १९ जना विद्यार्थी अध्ययन गर्दै आएका छन्।

विद्यालयमा हाल एक जना सरकारी र तीन जना निजी स्राेतका शिक्षकहरूले पठन-पाठन गराउँदै आएका छन्।

सम्बन्धित समाचार