काठमाडौँ-ताप्लेजुङका दुई उडान रोकिए

509 Shares

काठमाडौं : मौसमका कारण काठमाडौँ-ताप्लेजुङ हवाई उडान रोकिएको छ। हप्ताको चार दिन उडान हुँदै आएकोमा हिजो शनिबारका दुईवटा फ्लाइट मौसमको कारण हुन नसकेको ताप्लेजुङ विमानस्थलले जनाएको छ। 

शनिबारको उडानबाट १४ जना र शुक्रवारको उडानबाट १२ जना गरी २६ यात्रु ताप्लेजुङ जान रोकिएका छन्। उनीहरूलाई अब मंगलबारको उडानमा पठाउने तयारी छ। 

यद्यपि, कसैले टिकट रद्द गर्न चाहेमा टिकटको पैसा सबै फिर्ता हुने व्यवस्था रहेको छ। नेपाल वायु सेवा निगमको १९ सिटे जहाजमार्फत काठमाडौँ–ताप्लेजुङ उडान हरेक मंगलबार, बिहीबार, शुक्रबार र शनिबार गरी चार दिन बिहान ६ बजेर ४५ मिनेटमा उडान हुँदै आएको छ। 

सम्बन्धित समाचार