दक्षिण अफ्रिकामा अनियन्त्रित बस पुलबाट खस्यो, ४५ जनाको मृत्यु

306 Shares

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको ज्यान गएको छ । बोत्स्वानाको राजधानी गेबोरोनबाट इस्टर मनाउन मोरिया शहरतर्फ गइरहेकाहरु बिहीबार दुर्घटनामा परेका हुन् ।

दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका भने जीवितै फेला परेकी छन् । उनीहरु सवार बस अनियन्त्रित हुँदै पहाडमा ठोक्किएर पुलबाट करिब ५० फिट तल खाल्डोमा खसेको थियो । त्यसपछि बसमा आगो लागेको थियो ।

दुर्घटनास्थल जोहानेसबर्गबाट करिब ३०० किलोमिटर उत्तर पहाडी क्षेत्रमा पर्दछ ।

सम्बन्धित समाचार