सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ किनबेच ?

318 Shares

नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । आज मूल्य प्रतितोला २९ सयले वृद्धि भई हालसम्मकै उच्च मूल्य कायम भएको हो ।

शुक्रबार प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन पनि तोलामा २९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको हो ।

चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेको छ । यसदिन चाँदी प्रतितोला १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित समाचार