एमाले छाड्ने भिम रावलको आन्तरिक तयारी, पार्टीमै बसिरहने वातावरण नरहेको दुखेसो

256 Shares

 

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले अब आफू एमालेमै बसिरहने सम्भावना कम रहेको बताएका छन् ।

मंगलबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उनले पार्टी छाड्ने आफ्नो मन नभए पनि नेतृत्वको व्यवहारले पार्टीमै बसिरहने वातावरण नरहेको बताएका हुन् ।

उनले अझै पनि आफ्नो पहिलो प्राथमिकता एमाले नै भएको बताउँदै आफूलाई पार्टीमै बसिरहने वातावरण नरहेको टिप्पणी गरे ।

उनले सो अन्तर्वार्तामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना पनि गरेका छन् । अहिले आफूलाई पार्टीका औपचारिक कार्यक्रमहरूमा पनि निषेध गरिएको उनको आरोप छ ।

सम्बन्धित समाचार