309
Shares

काठमाडौं । पशुपति क्षेत्रको मृगस्थलीमा अनसन बसिरहेका डाक्टर गोविन्द केसीले स्वास्थ्य अवस्था कमजोर बन्दै गएको भनेर कसैसँग कुराकानी गर्न अस्वीकार गरेका छन् ।
यसअघि दशौंँ पटकको अनसनसम्म स्वास्थ्य क्षेत्र सुधारका निम्ति उनले गरेका सत्याग्रहमा ठूलो संख्यामा मानिसहरुले साथ दिँदै आएका थिए । यसपटकको अनसनमा भने पाँचौं दिन डा. केसीको सत्याग्रह स्थल सुनसान छ । उनलाई बुधबार बिहान ८ बजेसम्म, विद्यार्थीदेखि अधिवक्तासम्म गरी ८२ जनाले भेट गरेको डा.केसीको सत्याग्रहको समर्थन गर्दै उनको रेखदेख गरिरहेका पवन थापाले बताए ।