युट्युबमा सबैभन्दा धेरै सब्स्क्राइबर हुने च्यानल बन्यो ‘मिस्टर बिस्ट’, एलन मस्ककाे बधाई

71 Shares

 अमेरिकी युट्युबर जेम्स स्टिफन ‘जिम्मी’ डोनाल्डसनको युट्युब च्यानल ‘मिस्टर बिस्ट’ सबैभन्दा धेरै सब्स्क्राइबर हुने युट्युब च्यानल बनेको छ ।

उनको च्यानलले भारतीय म्युजिक कम्पनी ‘टी–सिरिज’लाई पछि पारेको हो । उनले सामाजिक सञ्जाल एक्समा आफ्नो च्यानलले टी–सिरिजलाई उछिनेको सब्स्क्राइबर संख्या देखाउँदै एक फोटो पोस्ट गरेका छन् ।

आइतबार मिस्टर बिस्ट (एमआरबिस्ट) को युट्युब च्यानलमा २६७ मिलियन अर्थात् २६ करोड ७० लाख सब्स्क्राइबर पुगेका छन् । टी–सिरिजको युट्युब च्यालनमा भने २६६ मिलियन अर्थात् २६ करोड ६० लाख सब्स्क्राइबर छन् ।

यससँगै उनलाई विश्वकै धनाढ्यमध्येका टेस्लाका सीईओ एलन मस्कले पनि बधाई दिएका छन् । 

सम्बन्धित समाचार