देउवासँगको छलफलपछि सिंहदरबारमा प्रचण्ड, केपी र माधवबीच भेटवार्ता

175 Shares

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

सिंहदरबारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको एक नेताले जानकारी दिए । यसअघि बालुवाटारमा प्रधानमन्त्री, ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवर्ता भएको थियो ।

कांग्रेससँगको छलफलपछि भएको भेटवार्तालाई अर्थपूर्ण लिइएको छ भने सम्बन्धित पार्टीका नेताहरुले भने सामान्य राजनीतिक भेट भएको बताएका छन् ।

सम्बन्धित समाचार