प्रधानमन्त्री प्रचण्डले दिए भारतीय समकक्षी मोदीलाई बधाई

116 Shares

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । प्रधानमन्त्री प्रचण्डले चुनावी सफलताका निम्ति सामाजिक सञ्जाल ट्वीटरमार्फत् मोदीलाई बधाई दिएका हुन् ।

‘लोकसभा निर्वाचनमा बीजेपी र एनडीएलाई लगातार तेस्रो कार्यकालको चुनावी सफलताका निम्ति बधाई व्यक्त गर्न चाहन्छु,’ प्रधानमन्त्री प्रचण्डले लेखेका छन् । यसका साथै दाहालले भारतीय जनताको उत्साहपूर्वक सहभागितामा विश्वकै ठूलो लोकतान्त्रिक अभ्यास सम्पन्न गरेकोमा आफू खुशी भएको जनाएका छन् ।

 

भारतीय जनता पार्टी २४० र इन्डियन नेशन कंग्रेसले ९९ सय सिट समाजवादीले ३७ र त्रिणमुल कंग्रेसले २९ र डिएमके २२ सिट प्राप्त गरेका छन् । भाजपाले एक्लै बहुमत ल्याउन नसके पनि एनडिए अलाइन्सले भने सुविधाजनक बहुमत हासिल गरेको छ ।

 

 
सम्बन्धित समाचार