पाँच एसएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ?

662 Shares

काठमाडौं । गृह मन्त्रालयले मंगलबार साँझ नेपाल प्रहरीका पाँच वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा गरेको छ ।

सरुवाअनुसार जिल्ला प्रहरी परिसर ललितपुर प्रमुखको जिम्मेवारी श्यामकृष्ण अधिकारीलाई दिइएको छ । उनी यसअघि सुदूरपश्चिम प्रदेश प्रहरीमा कार्यरत थिए । ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ ।

यसैगरी, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एसएसपी विनोद घिमिरेलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सरुवा गरिएको छ ।

यस्तै, राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारमा कार्यरत एसएसपी सोमेन्द्रसिंह राठौरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरमा सरुवा गरिएको छ । अपराध अनुसन्धान विभागका एसएसपी भुपेन्द्र खत्रीलाई भरतपुर शिक्षालयमा सरुवा गरिएको छ ।

सम्बन्धित समाचार