
काठण्माडौं : सरकारले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाको तयारी गरेको छ ।
५६ वर्षे उमेरहदका कारण दुई अतिरिक्त महानिरीक्षकद्वय भरत बोहरा र किरण बज्राचार्य अनिवार्य अवकाशमा गएसँगै रिक्त एआईजीमा बढुवाको तयारी भएको हो ।
गृहमन्त्रालय स्रोतका अनुसार केहीदिन भित्रै बढुवा समितिले एआईजी बढुवाका लागि सिफारिस गर्नेछ । प्रहरी प्रधान कार्यालयले बढुवाका लागि फाइल तयार पारिसकेको बताईन्छ ।
हाल रिक्त २ एआईजीका पदका लागि प्रहरी नायब महानिरीक्षकद्वय (डिआईजी) रविन्द्र केसी, कुवेर कडायत, जनक भट्टराई, लालमणि आचार्य, चन्द्रकुवेर खापुङ मुख्य प्रतिस्पर्धामा छन् ।
जसमध्य डिआईजीद्वय केसी, कडायत र भट्टराई प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरका ब्याचमेट हुन् । उनीहरु एकैपटक २०५१ चैत्र ५ गते प्रहरी निरीक्षकमा भर्ना भएका थिए । आचार्य र खापुङ भने एआईजी दीपक थापाका ब्याची हुन् ।
आईजीपी कुँवरका ब्याचमेट डिआईजीहरु बढुवाको उच्च प्राथमिकतामा रहेको स्रोत बताउँछ । जसका कारण बढुवाको प्रबल दाबेदारहरु मघ्य केसी, भट्टराई र कडायत बिच कडा प्रतिस्पर्धा हुने निश्चित छ । यद्यपी, आईजीपी कुँवरका ब्याचमेटबाट नै बढुवा गरिएपनि एक जना छुट्नेछन् ।
गृह मन्त्रालयको उच्च स्रोतका अनुसार रिक्त एआईजीको लागि डिआईजी केसी र कडायतको सम्भावना सबैभन्दा बढि छ ।
केसी संगठन भित्र ईमान्दार, कर्तव्यनिष्ठ, बौद्दिक एंव काविल अफिसरका रुपमा चिनिन्छन् । उनले सुदुरपश्चिम प्रदेश कार्यालयको प्रमुखको जिम्मेवारी सफलताका साथ निर्वाह गरेको भन्द ६९ औँ प्रहरी दिवस २०८१ मा पुरस्कृत पनि गरिएको थियो । त्यसअघि पनि उनले नेतृत्व गरेका ठाउँमा उत्कृष्ट सेवा दिएको भन्दै प्रशंसा हुने गर्छ । उनी विवादरहित अफिसर हुन् ।
यस्तै, स्रोतका अनुसार बढुवामाक डिआईजी कडायतको पनि प्रवल सम्भावनमा छ । कडायत सुदूरपश्चिम निवासी भएकाले पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले र गृहमन्त्री रमेश लेखकले उनलाई बढुवा गर्न पहल गर्ने स्रोत बताउँछ । यद्यपी, कडायत पनि संगठनमा राम्रा प्रहरी अधिकृतका रुपमा नै चिनिन्छन् ।
त्यसो त प्रहरीमा पछिल्लो समय सरुवा तथा बढुवामा आन्तरिक रुपमा राजनीतिक तथा आर्थिक चलखेल हुने कुरा स्वयं प्रहरी अधिकृतहरु नै खुलेआम भन्ने गरेका छन् । जसका कारण कार्यक्षमता, दक्षताका आधारमा निष्पक्ष बढुवा हुने कुरामा शंकाको देष्टिले हेरिँदै आएको विगतका दृष्टान्तहरु जगजायर नै छ ।
पछिल्ला घटानाक्रम हेर्दा बढुवाका लागि शक्तिकेन्द्र धाउने परम्परा नै बनिसकेको कतिपय प्रहरीका सिनियर अधिकृतहरु गुनासो गर्ने गर्छन् । अहिले पनी कतिपय डीआईजीहरु सिनियर ब्याचकालाई उछनेर एआईजी बन्नका लागि सत्तारुढ दलका शिर्ष नेताहरुलाई खुसी पार्न दौडधुप गरिरहेको स्रोत बताउँछ ।
हुन त एआईजी पदमा बढुवाका लागि हरेक डीआईजीहरु योग्न मानिन्छन् । यद्यपी, जेष्ठता र कार्यक्षमताका आधारमा निष्पक्ष बढुवा भएमा केसी र कडायत नै एआईजी बन्ने गृहस्रोत बताउँछ ।