470
Shares

सर्लाही । सर्लाहीमा प्रहरीले मापसे जाँच गरेको भन्दै वडाध्यक्षकै नेतृत्वमा प्रदर्शन भएको छ ।
रामनगर वडा नम्बर ५ बैजनाथमा मापसे गरेका स्थानीय र प्रहरीबीच झडप हुँदा वडाध्यक्ष श्रीनन्दन यादवको नेतृत्वमा प्रहरीविरूद्व प्रदर्शन भएको हो ।
प्रदर्शन उग्र बनेपछि प्रहरीले पाँच राउन्ड गोली चलाएको छ । मापसेमा परेका युवाहरूले झगडा गर्न थालेपछि वडाध्यक्ष श्रीनन्दन यादवको नेतृत्वमा १५० जनाको टोली चौकी घेराउका लागि आइपुगेका थिए ।
वडाध्यक्ष श्रीनन्दन राय पनि मादक पदार्थ सेवन गरेर आएका थिए । झडपमा केही स्थानीयसहित एकजना प्रहरी घाइते भएका छन् ।