380
Shares
महोत्तरी - राष्ट्रिय वन क्षेत्रभित्र वन्यजन्तुको सिकार गरिरहेका ३ जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । मंगलबार बेलुका बर्दीबास नगरपालिका-११ स्थित ३ किलोमिटर उत्तरतर्फ बनपथ राष्ट्रिय वन क्षेत्र भित्रबाट उनीहरु हतियारसहित पक्राउ परेका हुन ।
पक्राउ पर्नेहरूमा सर्लाही इश्वरपुर नगरपालिका वडा न.१२ बस्ने ३५ बर्षिय लाल बहादुर भोलन, ३० बर्षिय प्रेम बहादुर भोलन र ३८ बर्षिय अमिर स्याङतान छन ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दीबास र खयरमारा प्रहरी चौकीबाट खटिएको प्रहरीले २ थान भरुवा बन्दुक समेत बरामद गरेको छ ।
तिनै जनालाई हिरासतमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।