बिहान होइन बेलुकी नुहाउदा हुन्छ यस्ता फाइदा

879 Shares

काठमाडौं: बिहान नुहाउनुहुन्छ कि बेलुकी ? यो तपाईंको व्यक्तिगत रुचिको विषय हो । यद्यपि, प्रायः मानिस बिहान नुहाउन मन पराउँछन् । जुन स्वस्थ जीवनका लागि फाइदाजनक पनि हो । तर, तपाईंलाई यो कुरा सुन्दा अचम्म लाग्न सक्छ कि बिहानभन्दा बेलुकी नुहाउनु बढी फाइदाजनक हुन्छ । फिटनेस एक्सपर्ट वानिथा अशोकले बेलुकी नुहाउँदा फाइदा बताएकी छिन् ।

प्रायः मानिसले बेलुकी हातखुट्टा सफा गरेर सुत्ने गर्छन् । यति मात्र नभएर सुत्नुअघि नुहाउनु निकै जरुरी भएको स्किन एक्सपर्टहरू बताउँछन् । खासगरी गर्मी मौसममा बेलुकी नुहाउँदा निकै फाइदा हुन्छ ।

किनभने, दिनभर काम गर्दा शरीरमा फोहोर जम्मा भएको हुन्छ । जसका कारण छालामा इन्फेक्सन हुने खतरा हुन्छ । त्यसैले सुत्नुअघि नुहाउँदा शरीर सफा मात्र नभएर विभिन्न संक्रमणबाट पनि बच्न मद्दत पुग्छ । यस्तो बानीले छाला कोमल बन्न पनि सघाउँछ ।

सम्बन्धित समाचार