काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक यसअघि संसदबाट दुई दुई पटक संसदबाट पारित भएर राष्ट्रपतिमा गएको विषय भएको बताएका छन् ।
सोमबारको प्रतिनधि सभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रक्रिया मिचेर विधेयक प्रमाणीकरण गरिएको भन्दै जवाफ माग गरेपछि प्रधानमन्त्रीले यसअघि दुई/दुई पटक पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिमा गएको तर राष्ट्रपतिले प्रमाणीकरण नगरिकन होल्डमा राखेको भन्दै त्यही बेलामा पनि राष्ट्रपतिले संविधानको मर्म विपरित होल्ड गर्नुनहुने धारणा रखेका हुन् ।
हिजोको दिनमा राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेर संविधानमाथि प्रहार गरेको आरोप पनि प्रचण्डले लगाएका छन् ।
‘नागरिक विधेयक संसदबाट दुई/दुई पटक पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिमा गएको हामी सबैले बुझेको कुरा हो । तर राष्ट्रपतिले प्रमाणीकरण नगरिकन होल्डमा राख्नुभयो । त्यो बेलामा पनि कुरा उठ्यो संविधानको मर्म विपरीत होल्ड गर्नुहुदैन थियो भनेर । त्यसो गर्दा संविधान मिचियो । राष्ट्रपतिबाट नै संविधानमा राखिएको प्रावधान सदनबाट पास भएर गएको विधेयक फिर्ता पठाउन सक्ने र अर्को पटक पास गरेर गएको विधेयक १५ दिनभित्र अनिवार्य रुपमा प्रमाणीकरण गर्नुपर्ने संवैधानि व्यवस्था हो । हिजो त्यो व्यवस्था उललंघन भयो । संविधानको मर्ममाथि प्रहार भयो,’ उनले भने ।