395
Shares
दाङ : प्रहरीले जबर्जस्ती करणी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको गढवा गाउँपालिका-६ बस्ने १६ वर्षीय एक बालक, सोही ठाउँका १८ वर्षीय दिलसान अहमद , १६ एक बालक, गढवा गाउँपालिका-५ बस्ने २० वर्षीय सोहोल भन्ने सुहेल खान र कपिलवस्तु शिवराज नगरपालिका-११ मैतहवा घर भई हाल गढवा-६ बस्ने ३० वर्षीय जादेव भन्ने जादिब अलि नाउ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
उनका अनुसार यही जेठ १४ गते राती उनीहरूले जबर्जस्ती करणी गर्ने प्रयास गरेको भनी जेठ १८ गते प्रहरीमा जाहेरी दिएका थिए। पक्राउ परेकाहरू माथि दाङ जिल्ला अदालत मार्फत जबर्जस्ती करणी उद्योगमा ५ दिन म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।