658
Shares
काठमाडौं ( धारिलो हतियार र हतौडाले हानेर भाइले आफ्नै दाइको हत्या गरेका छन् ।
काठमाडौँ महानगरपालिका(२३ ओमबहालमा गएराति २५ वर्षीय भाइ सुरज शाक्यले ४५ वर्षीय दाइ सूर्यको हत्या गरेका हुन् । दाजुभाइबीच घरायसी विषयमा विवाद भएपछि सुरजले घरको दोस्रो तलामा दाइ सूर्यको हत्या गरेको प्रहरीले जानकारी दिए ।
आमालाई दाइले गाली गरेको झोंकमा भाइले धारिलो हतियार र हतौडा प्रहार गरी हत्या गरेको प्रहरीले बताए।
उक्त खबर पाएपछि प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो। घटनापछि भागेका भाइ सुरजलाई प्रहरीले काठमाडौं-२५ सिगलबाट मंगलबार बिहान पौने ९ बजे पक्राउ गरेको हो।