रबि भन्छन्, ‘सरकार बनाउने र ढाल्ने खेलमा हामी छैनौँ’

348 Shares

काठमाडौं, १९ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरू सरकार बनाउने र ढाल्ने खेलमा रहेको बताएका छन् ।

कैलालीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले अहिले आफूहरू पार्टी संगठन विस्तारको काममा केन्द्रीत रहेको भन्दै सरकार बनाउने र ढाल्नेमा आफूहरूको कुनै इन्ट्रेस्ट नभएको बताएका हुन् ।

‘हाम्रो पार्टी अहिले सरकार बनाउने ढाल्ने कुनै पनि क्रियाकलापमा हामी सहभागी छैनौँ । हाम्रो त्यसमा इन्ट्रेस्ट नै छैन । अहिले पार्टीको संगठन विस्तारको काम चलाउनु पर्नेछ,’उनले भने ।

सम्बन्धित समाचार