बिनाभिसा जोर्डन जान लागेका १५ जनालाई अध्यागमनले रोक्यो

535 Shares

काठमाडौं । बिनाभिसा आइतबार जोर्डन जान लागेका १५ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले रोकेको छ । यसरी जोर्डन जान लागेका १५ जनामा १४ जना पुरुष र एकजना महिला छन् ।

“जोर्डन जान लागेका १५ जनालाई उनीहरुको साथमा भिसा नभएका कारण रोकेका हौँ,” विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधकिृत रामबन्धु सुवेदीले भने ।

 

उनीहरु एमसीसी म्यानपावर कम्पनीमार्फत एयर अरेबियाको विमानमा जोर्डन जान लागेका थिए ।

“उहाँहरुको श्रम स्वीकृतिमा कुनै समस्या छैन । तर भिसा छैन । भिसा लिएर आउनोस्, त्यसपछि जान दिन्छौँ भनेर फिर्ता पठाएका छौँ,” उनले भने ।

उनीहरुको साथ जोर्डनको उद्योग मन्त्रालयले त्यहाँको गृह मन्त्रालयलाई भिसा सहजीकरण गरिदिन भनि अरबी भाषामा लेखेको पत्र मात्र रहेको सुवेदीले बताए । उक्त पत्रमा नेपालबाट जोर्डन जान लागेका १५ जनामा नाम र पासपोर्ट नम्बर पनि नभएको सुवेदी जनाए ।

सम्बन्धित समाचार