लागूऔषधसहित प्रहरी नै पक्राउ, बरामद भयो ब्राउन सुगर

496 Shares

धनगढी : कञ्चनपुरमा लागूऔषधसहित प्रहरी नै पक्राउ परेका छन्। 

आज (शनिबार) साँझ पुनर्वास नगरपालिका १० दोदा पुलबाट नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी)ले उनीसहित २ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका ३ का २८ वर्षीय प्रदिप पाख्रीन र सोही ठाउँका ३२ वर्षीय विकल मगर रहेका छन्। प्रदिप दार्चुलामा कार्यरत सशस्त्र प्रहरी जवान रहेको खुलेको प्रहरी स्रोतले बताएको छ।

उनीहरु सवार सुपप्र ०२००३ प ६४३१ नम्बरको मोटरसाइकल जाँच गर्दा १.२ ग्राम लागुऔषध (ब्राउन सुगर) फेला परेको प्रहरीले बताएको छ।

सम्बन्धित समाचार