“ब्लु बस’ रवि लामिछानेको भोटको सस्तो राजनीति”

439 Shares

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले रास्वपा सभापति रवि लामिछानेले भोटको सस्तो राजनीति गरेको  आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पोखरेलले नयाँ र वैकल्पिक शक्ति बनाउँछौँ भन्नेहरूले भोटको सस्तो राजनीति गर्न खोजेको देखिएको हुँदा यस्तो कुरामा गम्भीर बन्नुपर्ने उल्लेख गरेका छन् ।

रास्वपाका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको १०० दिन पुगेको अवसरमा बुधवार चितवनमा सुरु गरेको महिलाका लागि निस्शुल्क बस सञ्चालनबारे टिप्पणी गर्दै पोखरेलले समाज कता जाँदै छ भनी प्रश्न गरेका छन् ।

सामाजिक विभेद अन्त्य गर्न विगतमा महत्त्वपूर्ण भूमिका खेलेको चितवनमा यो कदमले सकारात्मक सन्देश नदिने पोखरेलको भनाइ रहेको छ । उनले भने, ‘नयाँ र वैकल्पिक शक्ति बनाउँछौँ भन्नेहरूले गर्न खोजेको काममा रूपान्तरणकारी सोच र योजना देखिनु पर्दछ । हरेक कामबाट भविष्यको सुन्दर दृश्य देखिनु पर्दछ । तर, स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो ।’

सम्बन्धित समाचार