सुन तस्करी प्रकरणमा जोडिएका अध्यागमन विभागका महानिर्देशक अधिकारीलाई हटाइयो

435 Shares

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियम नागरिक दावा शेर्पासँगको कुराकानीमा मुछिएको पाइएपछि अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालयमा तानिएको छ ।
मन्त्रालय उच्च स्रोतले दिएको जानकारीअनुसार अधिकारीलाई आजदेखि नै मन्त्रालयमा तानिएको हो ।

अधिकारीले दावासँग गरेको कुराकानी सार्वजनिक भएपछि उनलाई मन्त्रालयमा तानिएको हो । उनीमाथि अनुसन्धान पनि हुन सक्ने ती अधिकारीले जानकारी दिए ।

सम्बन्धित समाचार