महिला भलिबलमा नेपाल भारतसँग पराजित

395 Shares

काठमाडौं । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल भारतसँग पराजित भएको छ ।

भारतसँग नेपाली राष्ट्रिय महिला टोली ३–१ सेटले पराजित भएको हो ।

खेलको पहिलो सेट २५–२३ ले गुमाएको नेपालले दोस्रो खेल २६–२८ ले आफ्नो पक्षमा पार्न सफल भयो । त्यसपछिका दुई सेट नेपालले गुमायो ।

 

खेलको तेस्रो सेटमा नेपालले पुनः २५–२३ बनायो भने चौथो सेटमा भारतले २५–१७ ले सहजै आफ्नो पक्षमा पार्‍यो ।

यसअघि समूह चरणको खेलमा नेपाल भियतनाम र दक्षिण कोरियासँग पराजित भएको थियो ।

 
 
 
 
 
 
 
 
सम्बन्धित समाचार