गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ४ निवासी नेकपा एस निकट अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा गोरखा जिल्ला उपाध्यक्ष अशोक गिरीले एक विज्ञप्ति आफ्नो फेसबोकमा राख्दै पार्टी छोडेको घोषणा गरेका छन् ।
उनले लेखेका छन् :
भोका नाङ्गा, शोषित, पिडित, अन्यायमा परेका जनताहरुको न्याय र स्वतन्त्रताकोलागि आवाज उठाउने विश्व कम्युनिष्ट आन्दोलनको महान लक्ष्य बोकेको बामपन्थी आन्दोलनको महान कार्यबाट प्रभावित भई नेपाली बामपन्थी आनदोलनमा समाहित हुँदै जाँदा आफूलाई बर्गिय मुक्ती आन्दोलनमा समेत होमिन पाउँदा अत्यन्त गौरवान्वित भएको महशुस गरेको छ । राष्ट्रियता, जनतन्त्र र जनजिबिकाको सबालमा नेपालको वाम जान्दोलनको महशुस गरी क. माधवकुमार नेपालको नेतृत्वमा रहेको नेकपा एकिकृत समाजवादी पार्टीमा समाहित हुँदै गर्दा उक्त पार्टीको वैचारिक संगठन अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य एवं जिल्ला कमिटि उपाध्यक्ष भई कार्य गरिरहेको अवस्थामा पार्टीले नेपालीहरुको महान चाड बडा दसै लगायतका मुख्य चाडवाड आइरहेको सन्दर्भमा देशमा भैरहेको कुशासन, अस्वाभाविक मूल्य बृद्धी र बैदेशिक हस्तक्षेपको बिरुद्धमा नलागि केही सिमित व्यक्तिहरुको स्वार्थमा केन्द्रीत भएको महशुस भएकोले आफूलाई उक्त पार्टीको विचार संगठन प्रति असहमति जनाउँदै कुनै पनि पदको जिम्मेवारीमा नरहने गरी आजैको मिति देखि उक्त सगठनमा नरहेको व्यवहोरा सम्पूर्ण न्याय प्रेमि जनता समक्ष यो विज्ञप्ती जारी गरेको छु ।
उनले यसरी लेखेका छन् ।