कमल थापाले मागे राष्ट्रपति पौडेलको राजीनामा

396 Shares

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपति रामचन्द्र पौडेलको राजीनामा मागेका छन्। 

कोशी प्रदेशको मुख्यमन्त्री छान्ने प्रक्रियामा राष्ट्रपति पौडेलले हस्तक्षेप गरेको भन्दै थापाले  राष्ट्रपति पौडेलले राजीनामा दिनुपर्ने बताए। 

‘कोशी प्रदेशमा मुख्यमन्त्री छान्ने प्रक्रियामा गठबन्धनको पक्षमा राष्ट्रपति रामचन्द्र पौडेलको सक्रियताले नेपालमा राष्ट्रपति सबैको साझा हुन सक्दैन भन्ने फेरि प्रमाणित भएको छ। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ’पार्टी राजनीतिमा संलग्न पौडेललाई पदमा बस्ने नैतिकता छैन। तत्काल राजीनामा दिन रामचन्द्र पौडेललाई आग्रह गर्दछु।’

 

 
सम्बन्धित समाचार