798
Shares
संखुवासभा : कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन्। कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी धर्मदेवी नगरपालिका–२,तामाफोक बस्ने २८ वर्षीय बद्दे भन्ने बुद्धिराज जिमीलाई प्रहरीले घटनाको १२ वर्षपछि पक्राउ गरेको हो।
संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार फरार रहेका जिमीलाई विशेष सूचनाका आधारमा मुढे प्रहरी चौकीले तामाफोकबाट बिहीबार राति पक्राउ गरेको हो।
पक्राउ परेका जिमीलाई शुक्रबार संखुवासभा जिल्ला अदालतमा उपस्थित गराइएको छ। उनी २०६८ फागुन ३ गते सोही ठाउँका रविन जिमीको हत्या गरेर फरार भएका थिए। यो मुद्दा जिल्ला अदालत संखुवासभाले मुल्तबीमा राखेको छ।