प्रहरी अफिसर गोमा पराजुली : जसले पुलिसिङ सँगै गर्छिन् समाजसेवा

1.5k Shares

काठमाडौं । नेपाल प्रहरी स्कूलमा मावि तहको शिक्षिका हुँदै जनपद प्रहरी मार्फत विगत दुई दशक भन्दा लामो समयदेखि राष्ट्र सेवा गर्दैछिन्, गोमा पराजुली (कन्चन) । शिक्षण गर्दागर्दै जनपद तर्फ छिरेकी उनी अहिले प्रहरी अधिकृतका रुपमा कार्यरत  छिन् । 

संगठनभित्र हक्की, निडर र शाहसी महिला अफिसरको रुपमा परिचित उनी प्रहरीका रुपमा मात्रै हैन्, आम नागरिकको रुपमा पनि देश र समाजको सेवा गरिरहेकी छिन् । सांगठनिक जिम्मेवारी       (ड्युटी) सकेसँगै उनी सामाजिक काममा खटिन्छिन् । 

हालसालै पनि जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडित परिवारहरुका लागि उनले एक महिनाको पारिश्रमिक प्रदान गरेकी छिन् । भुकम्पबाट प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका पीडितहरूको राहत र उद्धारका लागि सरकारले स्थापना गरेको राहत कोषमा उनले एक महिना पारिश्रमिक जम्मा गरेकी हुन् । 

‘म अहिले जाजरकोटमा कार्यरत छैन् । त्यसैले पेशागत हिसावले मैले तत्काल त्यहाँको समस्या समाधानका निम्ती अथवा त्यहाँका दुखी पीडितहरुको उद्धार र रातहका निम्ती काम गर्न सक्दिँन । तर, त्यहाँको प्राकृतिक विपत्तिका कारण आज राष्ट्र दुखेको छ, आम नागरिकहरु पीडित भएका छन्’, जनचासो टाइम्सले सम्पर्क गर्दा टेलिफोनमा उनले भनिन्, ‘यो अबस्थामा सबैले आफुले सकेको सहयोग गर्नुपर्छ भन्ने लागेर सहयोग गरेकी हुँ । यो खास समाचार बनाउनु पर्ने बिषय हैन् ।’ 

प्रहरी संगठनमा कार्यरत कर्मचारीहरुलाई सरकारले दिने सेवासुविधा जीवीकोपार्जनमा नै ठिक्क हुन्छ । यस्तो अबस्थामा पनि उनी आफ्नो पारिश्रमिकबाटै पीडित, दुखीहरुको मद्धत गर्छिन् ।
ड्युटीमा आउजाउ गर्दा होस् या सिभिलमा रहँदा उनलाई सडकपेटी तथा मठमन्दिरमा रहेका अनाथ, उपचार नपाएर भौतारिरहेका बिरामी अनि दिन दुःखी देख्दै हुँदैन् । 

‘म्याम ड्युटीको क्रममा पनि कहिँकतै कसैलाई समस्या परेको देख्नुभयो भने गाडीबाट ओर्लिएर सहयोग गरिहाल्नु हुन्छ । उहाँ अप्ठ्यारोपा परेका धेरै बिरामीको उपचार गर्न हष्पिटलसम्म पु¥याएको देखेको छु’, पराजुली सँगै काम गरेकी एक प्रहरी कर्मचारी भन्छिन् । 

उनी सङ्खमुल आश्रम सेवा, गाईमाता आश्रम सेवा, स्वर्गद्वारी आश्रम सेवा, मुक्तिनाथ आश्रम सेवा लगायतका आश्रमहरुमा आवश्यकता अनुसारको सहयोग समयसमयमा गरिरहन्छिन् । वृद्दाआश्रमको भने उनी आजिवन सदस्य हुन् ।  

उनी सामाजिक काम गर्दा आफ्नो पेशा बताउँदिनन् । आफ्नो परिचय गोप्य राख्दै मानवसेवा गर्ने उनको बानी छ ।  ‘समस्यामा परेका, दुख पीडामा रहेकाहरुलाई सेवा गर्नु मानवीय धर्म हो । आफ्नो धर्म निर्वाह गरेको कुराको प्रचार गर्नु मलाई उचित लाग्दैन् । त्यसैले जो कसैले सामाजिक काम गरेर समाचार बनाउने, मिडियाबाजी गर्ने जस्ता काम गरेको मलाई फिटिक्कै मन पर्दैन्’, पराजुली भन्छिन् । 

सबैले आफ्नो दक्षता र क्षमताले भ्याएसम्म परोपकारी काम गर्नुपर्ने उनको तर्क छ । ‘अरुको भलो चिताउने, अरुको राम्रो गर्ने मान्छेको सधैँ राम्रो नै हुन्छ । त्यसैले शास्त्रमा लेखिएको छ, ‘सेवा परम धर्म’ अर्थात् सेवा नै सबैभन्दा ठूलो धर्म हो । सेवा गर्दा आफ्नो प्रचार हुने स्वार्थ पनि राख्नु गलत हो ।’, उनी भन्छिन् । 

जाजरकोटका भुकम्प पीडितहरुलाई राहत दिन पुगेपछि त्यहाँका स्थानीय पत्रकारहरुले उनको खोजि गरेर समाचार लेखिदिए । त्यसपछि अहिले उनको चौतर्फी प्रशंसा भईरहेको छ । 
उनले मानिसहरुलाई मात्रै हैन्, जनावरहरुलाई पनि उत्तिकै माया गर्छिन् । उनले हरेक हप्ता काठमाण्डौँका सडक तथा बिभिन्न मठमन्दिरहरुमा रहेका  जनावर तथा विशेष गरी बाँदर, गौमाता, कागहरूलाई खाना खुवाउने, फलफूलहरू लगेर बाँड्ने पनि गर्छिन् ।

उनको समाजिक काममा जति लगाव छ, त्यती नै पुलिसिङमा पनि रहेको प्रहरी कर्मचारीहरु बताउँछन् । लगनशील र इमान्दार प्रहरी अफिसरको छवि बनाएकी उनको कार्यशैली देखेर गलत नियत राख्ने करप्टेट सिनियर प्रहरी अधिकृतहरु पनि डराउने जानकारहरु बताउँछन् ।  

नेपाल प्रहरी स्कूल रौतहटमा गौरहत्या काण्ड  र तत्कालिन माओवादी आतङ्क हुँदा १३ सय विद्यार्थीहरुलाई एउटै कोठामा राखेर एक्लै उनीहरुको सुरक्षा गरेको तत्कालिन प्रहरी अधिकृतहरु बताउँछन् । ततकालिन माओवादीले विद्यालयमा कार्यरत एक विद्यार्थीको अपहरण गरेपछि उनले अन्य विद्यार्थीहरुको सुरक्षामा एक्लै खटिएपछि उनको चौतर्फी प्रशंसा भएको तत्कालिन समयमा रौतहटमा नै कार्यरत प्रहरीहरु बताउँछन् । 

प्रहरी संगठनका अफिसरहरुका गलत नियत, आन्तरिक समस्या तथा चुनौतीहरुका बिषयमा पनि उनी सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै समाधानको उपायहरु खोज्ने गर्छिन् । यस्तै कुशल कार्यशैलीकै कारण उनी नेपाल सरकारबाट जनसेवा पुरस्करबाट बिभुषित भईसकेकी छिन् । उनलाई २०७६ सालमा बिभुषित गरिएको थियो ।  

पराउजुली एलएलवी र एमफिल गरिसकेकी छिन् । संगठन भित्र हुने भ्रष्ट्रचार, अनियमितताको पनि उनले बिरोध गर्ने गरेकी छिन् । प्रहरी अधिकृतहरुका अनुसार उनले सम्पति शुद्दिकरण विभागमा हुँदा आफ्नै सिनियर अफिसरको घुस काण्ड र युएनमा हुँदा मिसन प्रश्नपत्र विक्री गरेको केसलाई अनेकौँ चुनौतीका बीच पनि तत्कालिन आईजीपीसम्म पु¥याएर छानविन गराएको थिईन् । 

पराउजुली एलएलवी र एमफिल गरिसकेकी छिन् । संगठन भित्र हुने भ्रष्ट्रचार, अनियमितताको पनि उनले बिरोध गर्ने गरेकी छिन् । प्रहरी अधिकृतहरुका अनुसार उनले सम्पति शुद्दिकरण विभागमा हुँदा आफ्नै सिनियर अफिसरको घुस काण्ड र युएनको परिक्षा दिँदादिँदै प्रश्नपत्र बिक्री भएको केस थाहा पाएपछि उक्त समूहलाई अनेकौँ चुनौतीका बीच पनि तत्कालिन आईजीपीसम्म पु¥याएर छानविन गराएको थिईन् । 

संगठन भित्र रहेको गलत प्रवृत्तिका सिनियर अफिसरहरुको पनि बिरोध गर्दै कारवाहीको माग गर्ने भएकै कारण उनलाई इन्सपेक्टरको परिक्षामा पटकपटक नियतबस फेल गराइएको बताईन्छ । प्रहरी संगठनभित्र हुने विभिन्न अबसहरुबाट पनि उनी बन्चित हुने गरेको बताईन्छ ।

No photo description available.

 

 

सम्बन्धित समाचार