नेपाली हस्तकलालाई विश्वमा चिनाउँदै सफल बनेका ‘आकाश’

2.4k Shares

 

अश्विन दानी, काठमाण्डौँ । ‘जीवनमा काम गर्दै जाँदा सधैँ आफुले सोचे जस्तो नहुने रहेछ, अनेकौँ हार व्यहोर्नुपर्छ । तर, त्यो हारलाई कमजोरी हैन्, शक्तिको रुपमा लिएर आफ्नो काम प्रति इमान्दार अनि लगनशील भएर गरिराख्नु पर्छ । अन्ततः सफलता प्राप्ती भएरै छाड्छ’, आकाश बन्जारा भन्छन् । 

गोरखाको आरुघाट गाउँपालिका स्थित विकट गाउँमा जन्मिएका आकाश अहिले विश्व बजारमा सफल हस्तकला व्यवसायी भनेर चिनिन्छन् । अहिले हङकङमा बसेर नेपाली हस्तकलालाई अन्तराष्ट्रिय बजारमा पु¥याउँदै आएका आकाशले जीवनमा थुप्रै असफलता भोगे । तर, कहिल्यै पछि हटेनन् । 

May be an image of 1 person and text

‘पैसा कमाएर केही व्यवसाय गर्नुपर्छ भन्ने थियो । गाउँका दाईहरु बेल्जिएम पुगेर टन्नै पैसा कमाईरहेको सुनेँ । २२ बर्षको थिएँ, २००८ सालमा म पनि घरमा ऋण लिएर भिजिट भिसामा बेल्जिएम पुगेँ’, उनी सम्झन्छन्, ‘भिजिटमा गएर काम गर्दा इलिगल हुने, समायो भने कारवाही भोग्नुपर्ने । तयसपछि त्यहाँ केही महिना बसेर नेपाल नै फर्किएँ ।’

बेल्जिएम पुगेर उतै टन्न पैसा कमाउने अनि नेपाल फर्किएर कुनै व्यवसाय गर्ने सोचले ऋण खोजेको पैसा एजेण्डलाई बुझाएर परदेशी बनेका थिए आकाश । तर, सोचे जस्तो नभएपछि नेपाल फर्किएर फेरि दुवई  हिँडे । त्यहाँ पनि भनेजस्तो काम भएन । 

‘बेल्जिएमबाट फर्किएर दुवई गएँ । त्यहाँ पनि राम्रो भएन अनि फेरि नेपाल आएर मलेसिया पुगेँ । पाँच÷सात महिना बसेपछि बिरामी भएर काम गर्न नसक्ने भएपछि नेपाल फर्किन बाध्य भएँ’, उनी भन्छन् । 

पैसा कमाउने सोचले तीन वटा देश पुग्दासम्म उनको ऋण २० लाख कटिसकेको थियो । त्यतिबेला आकाशलाई लाग्थ्यो, ‘अब जीवनमा केही गर्न सकिँदैन् ।’

‘ऋण बढिरहेको छ, त्यो सबै तिर्न घरखेत सबै बेच्नुपर्ने थियो । घरमा ऋण दिनेहरु माग्न आइराख्ने, आफ्नो कारण घरमा पनि चिन्ता बढ्न थाल्यो । कहिलेकाँही नकरात्मक सोचहरु पनि आउथ्यो । तर, म सम्हालिन्थेँ’, उनी सम्झन्छन् । 

अनि, सुरु भयो हस्तकला व्यवसाय 

पटकपटकको असफलता, घरको ऋणले आकाशलाई चिन्ता बढ्न थाल्यो । त्यसपछि उनले यसबाट मुक्त हुने उपाय खोज्न थाले । नेपाली हस्तकलाको मार्केट राम्रो छ भन्ने सुनेका उनले यसको सम्भावना, समस्या र चुनौतिका बिषयमा राम्रो सँग बुझे । त्यसका लागि आवश्यक सिपमुलक तालिम लिए । अनि, एउटा सहकारीबाट ७० हजार ऋण लिएर ४ वटा सिलाइ मेसिन किनेर काठमाण्डौँको मनमैजुमा हस्तकला उद्योग सुरु गरे । 

उनी भन्छन्, ‘मलेसियाबाट पनि फर्किएपछि मसँग अब फेरि विदेश जाने या देशमै केही गर्ने भन्ने अप्सन थियो । तर, मलाई विदेश फापेन अब देशमै केही गर्छु भनेर हस्तकला उद्योग सुरु गरेँ ।’
उनले सुरुमा बौद्ध धर्मालम्वीहरुले गुम्वामा प्रयोग गर्ने कपडाका सामानहरु, थान्का बनाउन थाले । उनको व्यवसायलाई साथ दिन उनका आमाबुबा पनि काठमाण्डौँ नै आए । छोराको योजनामा बाबुआमाले हैसेमा-होष्टे गर्न थाले । त्यसपछि भने आकाशलाई पछाडी फर्किएर हेर्नु परेको छैन् । 

aakash banjara (2).jpg

‘थुप्रै दुख, कष्ट र संघर्ष गरेँ । असफलता नै असफतापछि ऋण तिर्न ऋण नै लिएर सुरु गरेको व्यवसाय आज विश्व बजारसम्म पु¥याउन सकेको छु । एक हिसाबले भन्दा नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउन पाएको छु, खुसी लाग्छ’, उनी भन्छन् ।

आकाशको अहिले व्यापार व्यवसाय राम्रो छ । करिब डेढ दशकको निरन्तर यात्रामा उनली सन्तुष्टि पाएका छन् । उनको यो व्यवसायमा अहिले सम्पूर्ण परिवारको साथ छ । ‘मेरो थुप्रै असफलता पछि पनि मलाई विश्वास गरेर मेरो सबै परिवारले साथ दिनुभयो । सायद, त्यसैले आज म यो ठाउँमा छु’, उनी भन्छन् । 

हिमालयन क्राफ्ट नेपाल, आकाश ह्याण्डीक्राफ्ट, हिमालयज क्राफ्ट नामक कम्पनी खोलेर उनले आफ्नो हस्तकला व्यवसाय अन्तराष्ट्रिय बजारमा चलाईरहेका छन् ।  मुख्यरुपमा उनले नेपालमा उत्पादित थान्का, मुर्ती, हस्तकला, काठबाट बनेका कलाहरु तथा अन्य ज्वेलरीका सामानहरु अन्तराष्ट्रिय बजार पु¥याउँदै आएका छन् । 

aakash banjara (7).jpg

ऋण लिएर काठमाण्डौँको मनमैजुबाट सुरु भएको उनको व्यवसाय अहिले ताइवान, हङकङ, चीन, भारत, थाइल्याण्ड लगायतका देशमा पु¥याइसकेका छन् । विभिन्न देशमा उनको हस्तकला सम्बन्धी ८ वटा सोरुम छन्, मासिक करोडौँको ब्यापार छ । जहाँबाट उनले नेपाली उत्पादित सामानको बिक्री गर्छन् । उनीबाट सामान किनेर पसल गर्नेहरु हजारौँ छन् । 

‘अहिले त हस्तकलाको नेपाली सामान भनेपछि विदेशीहरु उत्साहित हुँदै किन्छन् । विदेशी मार्केटको माग अनुसार नेपाली सामान पु¥याउन नै सकेका छैनौँ’, उनी भन्छन् ।

नेपाल र विदेशमा गरेर आकाशले अहिले एक सय ५० जना भन्दा बढिलाई रोजगारी दिएका छन् । उनी आफ्नोमा काम गर्नेहरुलाई पनि आफैले व्यवसाय गर्नुपर्छ भन्दै उकास्छन् । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) हङकङको अध्यक्ष समेत भईसकेका आकाशले  युवाहरुलाई उद्यमशिलता विकासमा लाग्न प्रेरित गर्छन् । हङकङमा पनि युवा उद्यमीहरुलाई एकिकृत गरेर आकाशले सामुहिकरुपमा उद्यमशिलता विकासमा काम गर्ने र लगानी बढाउने काम गर्दै आइरहेका छन् । 

aakash banjara (5).jpg

उनी भन्छन्, ‘जीवनमा काम गर्न छाड्नु हुँदैन् । आफुले गर्ने कामको सम्भावना मात्रै हेरेर हुँदैन्, त्यसको समस्या र चुनौती पनि हेर्नुपर्छ । काम गर्दे जाँदा हुने असफलताबाट हार मान्नु हुन्न, ढिलोचाँडो सफल भईन्छ ।’  आकाशको नजरमा व्यवसाय गर्न चाहनेहरुका लागि नेपालमा थुप्रै सम्भावनाहरु छन् । तर, पछिल्लो समय नेपाली युवाहरु देशको सम्भावना पहिचान गर्न नसकेर विदेश गएको देख्दा दुख लाग्ने उनी   बताउँछन् । देशमै केही गरिरहेकाहरुमा पनि डिप्रेशन भएको देख्दा उनलाई अचम्म लाग्छ । 

‘नेपालमा व्यवसाय गर्नेका लागि थुप्रै सम्भावनाहरु छन् । यहाँ जे गरेपनि पैसैपैसा छ । तर, नेपालीहरुलाई आजको आजै रिजल्ट चाहिन्छ । सुरु गर्ने वित्तिकै सफलता चाहिन्छ । धैर्यता देखिन्न । अनि विदेश जाने, देशमै केही गरेपनि अपनडाउन हुँदा बीचमै डिफ्रसनमा जाने र काम छाड्ने गरेको देख्छु’, उनी भन्छन्, ‘व्यवसायमा छोटो समयको हेर्नु हुँदैन्, निरन्तरता चाहिन्छ । त्यसो भयो भने सफल भईन्छ ।’ 

सबैले आफ्नो असफलतालाई स्वीकार्दै गल्ती कमिकमजोरी सुधार्दै काममा निरन्तरता दिनुपर्ने उनको तर्क छ । ‘मैले पनि पहिले राम्रोसँग नसोच्दा विदेश गएँ, थुप्रै पीडा भोगेर   आएँ । तर, जब सोचेर, सम्झिएर निरन्तर व्यवसाय गर्न थालेँ सफल हुँदै गएँ’, उनी भन्छन् । 

 

आकाश अहिले सफल व्यवसायी मातै हैनन्, योगा तथा साउण्ड हिलिङ ट्रेनर पनि हुन् । उनी यस क्षेत्रमा पनि एसियन मुलुकमै चर्चित छन् । उनीबाट योगा तथा साउण्ड हिलिङको ट्रेनिङ लिन चाहनेहरुको लाइन नै लाग्ने गर्छ । बिशेषगरी पश्चिमेलीसहित विश्वबजारमा अहिले मेडिटेशन तथा उपचारका लागि सिंगिङ बउल अत्यावश्यक बनिरहेको छ । आकाश आफैले नेपालमा सिंगिङ बउलको उत्पादन गरेर त्यसलाई विश्व बजारमा पठाइरहेका छन् । 

‘योगा तथा साउण्ड हिलिङ डिफ्रेसन मुक्त गर्नका लागि एकदमै उपयोगी भइरहेको छ । हिलिङ पद्धति नेपालको हिमालयबाटै शुरु भएको हो । सिंगिङ बउल उत्पादन अहिले मेरो कम्पनीबाट नै विश्व बजारमा पुगिरहेको छ । यस मार्फत पनि विश्वमा नेपाललाई चिनाउने अबसर मिलेको छ’, उनी भन्छन् । 

व्यवसायसँगै उनी सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । हाल ग्लोवल गोरखा समाजको बरिष्ठ उपाध्यक्ष समेत रहेका आकाशले नेपालमा थुप्रै सामाजिक गरिरहन्छन् । भूकम्प जाँदा होस् या कोभिडको समयमा देश दुख्दा उनले मलमपट्टी लगाउन सक्दो सहयोग गरिरहेका छन् । उनले मातृबिहीन दमौलीकी ९ बर्षिया कृपा थापा र काठमाडौंकी सदिक्षा श्रेष्ठ, सन्जिता पोखरेललाई कलेज स्तरसम्म पढाउने जिम्मा लिएका छन् । नेपालका मानवसेवा आश्रम, बालआश्रम, बृद्धाश्रम, चेपाङ संरक्षण केन्द्रमा आश्रय लिइरहेकाहरुलाई निरन्तर आर्थिक सहयोग गरिरहेका छन् । गोरखा र चितवनका थुप्रै विद्यालयमा उनले अक्षयकोष स्थापना गरेर गरीब तथा जेहेनदार विद्यार्थीहरुलाई पठनपाठनमा सहयोग गरिहरहेका छन् ।

उनी भन्छन्, ‘मैले दुख भोगेको छु, पीडा भोगेको छु । थुप्रै संघर्ष गरेर आएको छु । त्यसैले देश र देशमा रहेका तमाम समस्या मेरै हुन् भन्ने लाग्छ । तसर्थ आफ्नो ठाउँबाट सकेको सहयोग गर्छु, यसले खुसी मिल्छ  । आत्म सन्तुष्टि मिल्छ ।’ 

WhatsApp Image 2023-11-12 at 6.18.17 PM.jpegWhatsApp Image 2023-11-12 at 6.18.18 PM.jpegaakash banjara (6).jpgWhatsApp Image 2023-11-12 at 6.18.20 PM.jpeg

WhatsApp Image 2023-11-12 at 6.18.18 PM (1).jpeg

सम्बन्धित समाचार