आईजी नियुक्तीमा राजनीतिक हस्तक्षेपको ‘साइट इफेक्ट’ : एआईजीलाई नेता रिझाउनु पर्ने बाध्यता, कस्ले मार्ला बाजी ?

2.3k Shares


काठमाण्डौँ । हाल नेपाल प्रहरीको ३० औं प्रहरी महानिरीक्षक (आईजी) को रुपमा बसन्त बहादुर कुँवरले आफ्नो जिम्मेवारी सम्हालिरहेका छन् ।  २०७९ चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकबाट आईजी नियुक्त भएका कुँवरले ३० वर्षे सेवाहदका कारण आगामी चैतमा अवकाश पाउनेछन् ।

उनको कार्यकाल सकिए लगत्तै नेपाल प्रहरीको ३१ औं आईजी बन्ने उदेश्यले यतिबेला तीनजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरु कसरत गरिरहेका छन् । अहिलेकै परिस्थिति हेर्दा एआईजीद्धय दीपक थापा, सुदीप गिरी र टेक बहादुर तामाङ आईजीका लागि मुख्य प्रतिस्पर्धी हुन् । उनीहरु २०५२ भदौ १९ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा प्रवेश गरेका हुन् । 

एआइजी थापा हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा कार्यरत छन् भने गिरी प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा र तामाङ अपराध अनुसन्धान विभागको नेतृत्व गरिरहेका छन् । 

पछिल्लो समय नेपाल प्रहरीको आईजी नियुक्ती हुने क्रममा राजनीतिक हस्तक्षेप हुने गरेको छ । बिशेष गरी पछिल्ला केही आईजी नियुक्तीको घटना क्रम हेर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हस्तक्षेपकारी भूमिका खेल्ने गरेका छन् । उनीहरु आफु अनुकुलका आईजी नियुक्त गराउन चलखेल गर्ने गरेको पाइन्छ । यि तीन शिर्ष नेता मध्य जो वाहालवाला प्रधानमन्त्री हुन्छन् त्यो नै निर्णायक  हुन्छन् ।  

त्यसैले ३१ औं आईजीको प्रतिस्पर्धामा रहेकाहरु अहिल्यैदेखि शक्तिकेन्द्र धाउन सुरु गरिसकेका छन् । राजनीतिक हस्तक्षेप हुने स्पष्ट बुझेका उनीहरुले आफु अनुकुलको वातावरण बनाउन शिर्ष नेताहरुकोमा दौडधुप थालिसकेका छन् । यि तीन शिर्ष दलका शिर्ष नेताहरु आफू प्रति पोजेटिभ भएमा मात्रै प्रहरी संगठनको नेतृत्व सम्हाल्न पाउने भन्दै चाकडी गरेर खुसी पार्नका लागि प्रतिस्पर्धी एआईजीहरु व्यस्त रहेका छन् ।

यि तीन शिर्ष दलका नेतृत्व मध्य एकको आशिर्वाद नपाएसम्म नेतृत्वमा पुग्न नसक्ने अबस्था सिर्जना भएपछि त्यसकै लागि दौडधुप गर्नु नौलो नभएको प्रहरीका अधिकारीहरु बताउँछन् ।  ‘पछिल्लो केही आइजी नियुक्त हुँदाका घटनाक्रम हेर्दा राजनीतिक हस्तक्षेप स्पष्टै रुपमा देखिन्छ । दल र शिर्ष नेताको निकटता हेरेर नेतृत्व दिने परम्परा बसिसक्यो । यो अबस्थामा काम राम्रो गरेर, आम जनमासको मन जितेर आइजी हुन्छु भनेर को काम गर्छ ? योग्यता, क्षमता र कामको आधारमा मात्रै नेतृत्व पाउने अबस्था त रहेन, त्यसैले नेतृत्वमा पुग्न चाहानेहरु शक्तिकेन्द्र धाउने गर्नु नौलो हैन्’, प्रहरीका एक उच्च दर्जाका अधिकृत भन्छन् ।

कस्ले मार्ला बाजी ?

 नेपाल प्रहरीमा रहेको ३० वर्षे सेवा अवधि हटाउने प्रावधानसहित प्रस्तावित ऐनको मस्यौदामा अर्थ मन्त्रालयले सहमति दिएको छ । अहिले उक्त प्रहरी ऐनको मस्यौदा पनि मन्त्रिपरिषद् पुगिसकेको छ ।

यदी संसदको हिउँदे अधिवेशनबाटै प्रहरी बिधेयक पास भएमा भने अहिलेकै आईजीपीको कार्यकाल लम्बिने सम्भावना समेत छ ।  अहिलेकै प्रावधान कायम रहँदा भने भावी  ३१औँ आईजीपीका प्रतिस्पर्धी मध्येबाट ६ महिनाका लागि नेतृत्वमा पुग्नेछन् ।

आईजी नियुक्तीमा बिशेषतः वालुवाटारको मुख्य भूमिका हुन्छ । अर्थात्, प्रधानमन्त्री निर्णायक बन्छन् । अहिले नेपाली कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री छन् । अहिलेकै अबस्था हेर्दा ओली नै मुख्य निर्णायक हुन् । 

३१ औँ आईजी नियुक्ती हुने समयसम्म ओली नै प्रधानमन्त्री रहिरहेको अवस्थामा एआईजी थापा आईजी बन्ने लगभग पक्कापक्की देखिन्छ । थापालाई केही समय अघिसम्म प्रचण्डका नजिकका पात्रका रुपमा चर्चा गर्ने गरिएपनि अहिले उनको सम्बन्ध ओलीसँग पनि उत्तिकै राम्रो बन्दै गएको बताईन्छ ।  अर्थात्, ओली थापा प्रति निकै पोजेटिभ रहेको बालुवाटार स्रोत बताउँछ । 

बरियतामा पनि पहिलो नम्बरमा रहेका थापाको अन्य दलका नेताहरुसँग पनि राम्रै सम्बन्ध रहेको बताईन्छ । त्यसकारण पनि उनी आईजीको लागि मुख्य दाबेदार हुन् ।

अहिले सत्ता साझेदर दल कांग्रेस र एमालेवीच प्रधानमन्त्री पदमा आलोपालो गर्ने आन्तरिक सहमति रहेको छ । राजनीतिक घटनाक्रम परिवर्तन नभएसम्म उक्त सहमति अनुसार नयाँ आइजिपी नियुक्ति हुँदासम्म प्रधानमन्त्रीमा ओली नै कायम रहने पक्का छ । 

तर, पहिलो नम्बरका  एआईजी थापालाई सत्ता साझेदार दल कांग्रेसको जोडबलमा पन्छाउन पनि सक्ने संकेत देखिन्छ । किनकी, विगतमा एआईजी थापा माओवादी समर्थक व्यक्ति भएको आरोप लाग्ने गरेको थियो ।

कांग्रेसको तर्फबाट अहिले सरकारको गृहमन्त्री रमेश लेखक छन् । आइजिपी नियुक्तिमा उनको पनि महत्वपूर्ण भूमिका रहन्छ ।  कांग्रेसका नेताहरुसँग गिरीको राम्रो सम्बन्ध रहेको कारण उनलाई भावि आइजिपी बनाउने लविङ हुनसक्छ ।  कांग्रेसकै समर्थनमा सरकार बनेकाले प्रधानमन्त्री ओली कांग्रेसको दवावयुक्त लविङ प्रति लचक नहोलान् भन्न सकिन्न ।

एआईजी तामाङको भने स्पष्ट रुपमा राजनीतिक सम्बन्ध खासै कुनै पनि दलसँग देखिँदैन् । यद्यपी, उनले सबैसँग राम्रो सम्बन्ध बनाउँदै आएका छन् । 

पहिलो र दोस्रोको लडाईँले तामाङलाई हुन सक्छ ‘फाईदा’

तत्कालिन प्रहरी नायब महानिरीक्षक (डिआईजी) द्धय नवराज सिलवाल र जयबहादुर चन्द बीचको लडाईँको फाइदा उठाउँदै प्रकाश अर्याल आईजी नियुक्त भएका थिए । पहिलो र दोस्रो बरियताका प्रतिस्पर्धीबीचको टकरावको फाइदा उठाउँदै जसरी अर्याल आईजी नियुक्त भए त्यसरी नै तामाङ नियुक्त हुन सक्ने आकलन हरु पनि गरिन्छ । 

राजनीतिक चाकडी कम गर्ने अफिसरका रुपमा चिनिएका एआईजी तामाङ आफैं अब्बल प्रहरी अधिकृत मानिन्छन् । एआईजीद्धय थापा र गिरी मुख्यतय प्रतिस्पर्धाको फाइदा उठाउँदै उनी ३१ औं आईजी नहोलान् भन्न सकिन्न । 

 

सम्बन्धित समाचार