भारत र दक्षिण अफ्रिकाबिचको दुई टेस्टको सिरिजको पहिलो खेलको पहिलो इनिङमा पाहुना टोली भारत २ सय ४५ रनमा समेटिएको छ। दक्षिण अफ्रिकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेसँगै पहिले ब्याटिङमा उत्रिएको भारतले दोस्रो दिन ८ विकेटको क्षतिमा २ सय ८ रनबाट दिनको खेल सुरु गरेको थियो। जहाँ उसले थप ३७ रन जोड्दा अलआउट हुन पुग्यो।
भारतका लागि केएल राहुलले १०१ रनको शतकीय इनिङ खेले। उनले १ सय २१ मा ६ विकेट गुमाएको अवस्थाबाट टिमलाई केही प्रतिस्पर्धात्मक स्कोरमा पुर्यालएका थिए। दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले ५ विकेट लिंदा नन्दर बर्गरले ३ तथा मार्को जनसेन र जेराल्ड कटेजले समान १–१ विकेट लिए। भारतका लागि राहुल बाहेक विराट कोहलीले ३८ रन जोड्दा श्रेयस अय्यरले ३१ तथा शार्दुल ठाकुरले २४ रन बनाए। थप दोहोरो स्कोरका रुपमा ओपनर यशश्वी जैसवाललेको १७ रन रह्यो।
सेन्चुरियन टेस्टमा पहिलो दिन वर्षाका कारण ५९ ओभरको मात्र खेल हुन सक्यो। ३१ ओभरको भर्पाइ गर्नक लागि दोस्रो दिन १ बजे खेल सुरु गर्ने कार्यक्रम थियो। तर वर्षाको कारण दोस्रो दिन पनि खेल शुर हुन ढिलाइ हुँदा ५५ मिनेट पछि अर्थात १स्५५ मा खेल सुरु भएको थियो।
मंगलबारको सुपरस्पोर्ट स्टेडियममा पहिलो दिन वर्षाका कारण चाँडो सकिएको खेलपछि अब बाँकी दिन ९८ ओभर सम्मको खेल खेलाइनेछ। अर्थात् पहिलो दिनको खेलको बाँकी ३१ ओभर कभर गर्ने प्रयास गरिनेछ।