‘विद्युतीय ट्याक्सीमा सरकारले नै बिचौलिया खडा गरेर ७ लाखको भ्रष्टाचार गर्‍यो’

178 Shares

काठमाडौँ । ट्याक्सी व्यवसायीहरूले आफूहरूले खरिद गर्ने विद्युतीय ट्याक्सीमा सरकारले नै बिचौलिया खडा गरेर ७ लाखको भ्रष्टाचार गर्ने गरेको आरोप लगाएका छन् । राजधानीको संवाद डबलीमा स्वरोजगार मजदुर चालक स्वतन्त्र संघर्ष समितिले कार्यक्रमको आयोजना गरी आफूहरूलाई व्यवसाय गर्न नदिएर देशबाट विस्थापित गर्न खोजेको आरोपसमेत लगाएका छन् ।

सो अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले विद्युतीय साधन व्यक्तिले निजी प्रयोजनका लागि किन्दा र ट्याक्सी व्यवसायीले किन्दा ७ लाखको अन्तर आउनु सरासर कानुनविपरीत भएको बताए । सत्य र न्यायको खोजी अभियानका संयोजकसमेत रहेका श्रेष्ठले उच्च अदालतले त्यस किसिमको अन्यायलाई नियमन गर्न भनेर सरकारलाई आदेश दिँदा पनि उसले नसुन्न दुखद रहेको चिन्ता व्यक्त गरे । 

 
सम्बन्धित समाचार