430
Shares

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको हात्तीमैत्री पदयात्रा उदयपुरको बेलसोत पुगेर सकिएको छ । झापाको बाहुन डाँगीबाट फागुन ९ गते पदयात्रा शुरु भएको थियो ।
यसक्रममा मुख्यमन्त्री कार्कीले पाँच जिल्लामा २४३ किलोमिटर पैदल यात्रा गरेका छन् । यसक्रममा उनले पाँच जिल्लाका २४ स्थानीय तह, ५६ सामुदायिक र चार साझेदारी वनक्षेत्र हुँदै पदयात्रा गरेका थिए । कार्कीसहित पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले पनि दैनिक ४० किलोमिटर पैदल यात्रा गरेका थिए ।